पाकिस्तानले मूल्कमाथि प्रतिबन्ध लगायो

एजेन्सी : पाकिस्तानले भारतीय निर्देशक अनुभव सिन्हाको हिन्दी सिनेमा मुल्कमाथि प्रतिबन्ध लगाएको छ ।

पाकिस्तानले प्रतिबन्ध लगाएपछि त्यसमा आपत्ति र दुख व्यक्त गर्दै निर्देशक सिन्हाले पाकिस्तानी दर्शकलाई अवैध तरिकाबाट पनि फिल्म हेर्न आग्रह गरेका छन् ।

पाकिस्तानको केन्द्रीय फिल्म सेन्सर बोर्डका अध्यक्ष डानियल गिलानीले  “मुल्क”लाई प्रतिबन्ध गर्न बोर्ड सदस्यहरूले एकमतले निर्णय गरेको बताए ।

उनले भने सेन्सर बोर्डको सन् १९८०को मापदण्डलाई उल्लंघन गरिएकोले अनुमति नदिइएको जनाए ।

फिल्मका प्रोडयुसरलेभने फिल्म सेन्सर बोर्डलाई निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेका छन् ।

उनले पूर्वाग्रहबाट प्रेरित निर्णय सच्च्याउन आग्रह गरेको बताए । सिन्हाले फिल्ममा हिन्दु मुस्लिम समुदायबीच प्रेम र सदभाव विस्तार गर्ने विषयलाई उठाइएको बताए ।

फिल्ममा ऋषिकपूर, तपसी पन्नु, प्रतिक बाबार, रजत कपूर, आशुतोष राणा , मनोज पहवा र नीना गुप्ता लगायतको अभिनय रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?