तनहुँ: आर्थिक वर्ष २०७४÷७५ मा घरेलु तथा साना उद्योग विकास कार्यालय दमौलीमा ७ सय ८८ नयाँ उद्योग दर्ता भएका छन् ।
उक्त कार्यालयले दिएको जानकारी अनुसार ५ सय ९३ साना उद्योग, १ सय ४६ लघु उद्योग र ४९ घरेलु उद्योग दर्ता भएका हुन् । आव २०७३÷७४ मा लघु उद्योग दर्ता करमा छुट भएका कारण बढी उद्योग दर्ता भएको सो कार्यालयले जनाएको छ । आव २०७३÷७४ मा ८ सय ६२ उद्योग दर्ता भएका थिए ।
रु एक लाखको उद्योग दर्ताका लागि रु एक हजार, रु एक लाखदेखि रु तीन लाखसम्मको उद्योग दर्ताका लागि रु तीन हजार, रु तीन लाखदेखि रु पाँच लाखसम्मको उद्योग दर्ताका लागि रु ६ हजार, रु पाँच लाखदेखि रु २० लाखसम्मको उद्योग दर्ताका लागि रु १२ हजार, रु २० लाखदेखि रु एक करोडसम्मको उद्योग दर्ताका लागि रु २० हजार, रु एक करोडदेखि रु पाँच करोडसम्मको उद्योग दर्ताका लागि रु ३० हजार तथा रु पाँच करोडभन्दा बढी लगानी भएको उद्योग दर्ताका लागि रु ५० हजार शुल्क लाग्ने कार्यालयकी खरिदार मेनका जमरकट्टेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया