काठमाडौं । नेपालका ओपनर ब्याट्म्यान सुवास खकुरेलले एक दिवसीय क्रिकेटमा डेब्यु गरेका छन् ।
ओपनर ब्याट्सम्यानका रुपमा ज्ञानेन्द्र मल्लसँग मैदान प्रवेश गरेका उनले ‘ओडीआई’ मा डेब्यु गरेका हुन् । उनी लामो समयपछि राष्ट्रिय टिममा पुनरागमन गरेका थिए ।
त्यस्तै, युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले पनि ‘ओडीआई’मा डेब्यु गरेका छन् । उनी एक दिवसीय डेब्यु गर्ने विश्वकै चौथो कान्छा खेलाडी बनेका छन् ।
नेपालको पहिलो ऐतिहासिक ‘ओडिआई’ सिरिज अन्तर्गत शुक्रवारको दोस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध डेब्यु गर्दै उनले उक्त उपलब्धी हासिल गरेका हुन्। रोहित १५ वर्ष ३ सय ३५ दिनको उमेरमा ‘ओडीआई’ डेब्यु गरेका हुन्।
यसअघि पाकिस्तानका हसन राजा ‘ओडीआई’मा डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडी हुन्। त्यस्तै केन्याका गुरदिप सिंह र क्यानडाका नितिश कुमारले रोहित भन्दा कम उमेरमा एक दिवसीय खेलमा डेब्यु गर्ने खेलाडी हुन ।
रोहितले गत फेब्रुअरीमा सम्पन्न नामिबियाविरुद्धको ‘आइसीसी’ वर्ल्ड क्रिकेट लिग डिभिजन ‘टू’ मार्फत नेपालको सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए।
त्यस्तै, बलर ललित सिंह भण्डारीले पनि डेब्यु गरेका छन् । पहिलो ‘ओडीआई’ खेलेका शक्ति गौचन, ब्याट्सम्यान शरद भेषावकर र बलर करण केसीको स्थानमा तीन खेलाडीले डेब्यु गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया