काठमाडौं । नेदरल्याण्ड्सविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालका चार महत्वपुर्ण ब्याट्सम्यान आउट भएका छन् ।
आम्स्टलभिनस्थित भिआरए मैदानमा शुक्रवार भइरहेको दोस्रो ‘ओडीआई’ मा अहिले नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ । हामीले यो समाचार तयार पार्दासम्म नेपालले चार विकेट गुमाइसकेको छ ।
दोस्रो ‘ओडीआई’ खेलमा डेब्यु गरेका ओपनर ब्याट्सम्यान सुवास खकुरेल र ज्ञानेन्द्र मल्ल क्रिजमा धेरै बेर टिक्न सकेन् । सुवास खकुरल मात्र १९ रन बनाउँदै पभेलियनमा फर्किए ।
उनलाई फ्रेड्रिक ज्याक क्लाससेनको बोल्ट आउट गरे । सुवासले ३३ बलमा मात्र ३ चौका प्रहार गरेका थिए । त्यस्तै, ज्ञानेन्द्रले १३ रनको मात्र योगदान दिए । उनलाई पनि क्लाससेनले नै बोल्ट आउट गरे ।
यता, तेस्रो नम्बरमा ब्याटिङ गर्न मैदानमा आएका अनिल शाह मात्र ४ रन बनाएर आउट भए ।
१९ रन मात्र जोड्दै दिपेशसिंह ऐरी रनआउट हुँदै बाहिरिए । उनले १७ बलमा ३ चौका प्रहार गरे । अहिले क्रिजमा कप्तान पारस खड्का र रोहित कुमार पौडेलले ब्याटिङ गरिरहेको छ ।
हामीले यो समाचार तयार पार्दासम्म नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै ८३ रन बनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया