काठमाडौं । नेपालका लागि कप्तान पारस खड्का ‘ओडीआई’ मा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन् ।
आम्स्टलभिनस्थित भिआरए मैदानमा शुक्रवार नेदरल्याण्ड्सविरुद्ध भएको दोस्रो ‘ओडिआई’मा खड्काले अर्धशतक प्रहार गरेका हुन्। उनले ६९ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाएका हुन्।
अर्धशतक प्रहार गरेलगत्तै खड्कालाई नेदरल्याण्ड्सका कप्तान पिटर सिलरले क्याच आउट गरे ।
कप्तान खड्काले पहिलो ‘ओडीआई’मा उपकप्तान ज्ञानेन्द्र मल्ले बनाएको सर्वाधिक ५१ रनको स्कोरसँग बराबरी गर्न सफल भए।
ज्ञानेन्द्र नेपालका लागि ओडिआईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन्। पहिलो ‘ओडीआई’मा अर्धशतक प्रहार गर्ने ज्ञानेन्द्र पहिलो खेलाडी हुन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया