नेदरल्याण्ड्स । दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले नेदरल्याण्ड्ससामु २ सय १७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आम्स्टलभिनस्थित भिआरए मैदानमा शुक्रवार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै २ सय १६ रनको योगफल तयार पारेको थियो ।
दोस्रो ‘ओडीआई’ खेलमा डेब्यु गरेका ओपनर ब्याट्सम्यान सुवास खकुरेल र ज्ञानेन्द्र मल्ल क्रिजमा धेरै बेर टिक्न सकेन् । सुवास खकुरल मात्र १९ रन बनाउँदै पभेलियनमा फर्किए ।
उनलाई फ्रेड्रिक ज्याक क्लाससेनको बोल्ट आउट गरे । सुवासले ३३ बलमा मात्र ३ चौका प्रहार गरेका थिए । नेपालले ११ दशमलब ५ ओभरमा ५० रन पुरा गरेको हो । त्यस्तै, ज्ञानेन्द्रले १३ रनको मात्र योगदान दिए । उनलाई पनि क्लाससेनले नै बोल्ट आउट गरे ।
यता, तेस्रो नम्बरमा ब्याटिङ गर्न मैदानमा आएका अनिल शाह मात्र ४ रन बनाएर आउट भए । १९ रन मात्र जोड्दै दिपेशसिंह ऐरी रनआउट हुँदै बाहिरिए । उनले १७ बलमा ३ चौका प्रहार गरे ।
त्यस्तै, कप्तान पारस खड्काले ‘ओडीआई’मा अर्धसतक पुरा गर्न सफल भए । उनले ६९ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाएका हुन । अर्धशतक प्रहार गरेलगत्तै खड्कलाई नेदरल्याण्ड्सका कप्तान पिटर सिलरले क्याच आउट गरे ।
कप्तान खड्काले पहिलो ‘ओडीआई’मा उपकप्तान ज्ञानेन्द्र मल्ले बनाएको सर्वा्धिक ५१ रनको स्कोरसँग बराबरी गर्न सफल भए । ज्ञानेन्द्र नेपालका लागि ओडिआईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन्। पहिलो ‘ओडीआई’मा अर्धशतक प्रहार गर्ने ज्ञानेन्द्र पहिलो खेलाडी हुन ।
शुक्रवारकै खेलबाट एक दिवसीयमा डेब्यु गरेका अर्को ब्याट्सम्यान रोहित कुमार पौडेल मात्र ६ रन बनाएर आउट भए ।
उनले डेब्यु खेलमा खासै राम्रो प्रर्दशन गर्न सकेनन् । सातौं नम्बरमा ब्याटिङ गर्न आएका आरिफ शेखले १६ रन बनाए । उनी पनि नेदरल्याण्ड्सका कप्तान सिलरले बोल्ट आउट गरे । बसन्त रेग्मीले मात्र १ रन बनाए ।
यता, सोमपाल कामीले शुक्रबारको खेलमा सशक्त ब्याटिङ गरे । उनले सन्दिप लामिछानेसँग साझेदारी गर्दै अर्धशतक पुरा गरे । ज्ञानेन्द्र, कप्तान पारसपछि ‘ओडीआई’ मा अर्धशतक प्रहार गर्ने उनी तेस्रो खेलाडी बने ।
उनले सर्वाधिक ६१ रनको योगदान दिए । सोमपालले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया