काठमाडौं,२८असोज – रक्षामन्त्री भिमसेनदास प्रधानले नेपाललाई सम्पन्न मुलुक बनाउनको निम्ती काँग्रेस र कम्युनिष्ट गरी दुईवटामात्र राजनैतिक पार्टीमात्र हुनुपर्ने बताँउदै न्युनतम बिचारमा सहमती हुने पार्टीहरु बिच एकता हुनुपर्ने बताएका छन् ।अमेरीका जस्तो विश्वको शक्तिशाली देशमा रिपव्लीकन र डेमोक्रेटिभ पार्टीरहेको उदाहारण दिंदै प्रधानले अब देशको उन्नतीका निम्ती क्षेत्रीय, जातीय र अन्य पार्टीहरु बीच एकिकरण हुनुपर्ने बताए ।नागरीक सरोकार समाज तारकेश्वरको सार्वजनीकरण तथा शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै मन्त्री मन्त्री प्रधानले कम्युनिष्ट गठबन्धन पछि काँग्रेस र्निवाचनमा जान डरायो भनेर बाहिर गरिएको हल्ला निराधान रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया