पोल्याण्ड-पोल्याण्डमा अप्रिलपछिको दुई महिनामा गर्मीबाट राहत पाउन नदी तथा तलाउमा पौडी खेल्ने क्रममा २५० जनाको मृत्यु भएको यहाँको प्रहरीले शुक्रबार जनाएको छ ।
पोल्याण्डका नागरिकको गर्मी समयमा डुबेर मर्ने बिषय नयाँ भने होइन । हरेक गृष्म ऋतुमा गर्मी समयमा तलाउ नजिक वनभोज तथा पारिवारिक जमघटका लागि जाने र भोजका क्रममा अत्यधिक मदीरा सेवन गरी पौडी खेल्ने क्रममा बर्षेनी सयौँ नागरिकको डुबेर मृत्यु हुने गरेको पोल्याण्डको प्रहरीका प्रवक्ता मार्जेना अजिन्स्काले एएएफपीसँग बताए ।
यस बर्षको जुलाई महिनामा मात्र ७५ जनाले ज्यान गुमाएका थिए भने यो महिना पनि १० जनाको मृत्यु भइसकेको उनले बताए । मृतकमध्ये अधिकाँश ५० बर्ष माथिको उमेर समूहका नागरिक रहने गरेको पाइएको प्रहरीले जनाएको छ । मृतकमध्ये ३१ देखि ५० वर्ष उमेर समूहका नागरिकको सङ्ख्या पनि धेरै नै रहने गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया