प्रदेश १ मा घरेलु हिंशा गर्नेहरू होसियार ! संसदमा विधेयकमाथि छलफल सकियो

मोरङ : घरेलु हिंशा नियन्त्रण गर्न प्रदेश नम्बर १ को संसदले घरेलु हिंशाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्दान्तिक छलफल सकेको जनाएको छ । यहाँस्थित सामाजिक विकास मन्त्रालयले यो विधेयकलार्इ संसदमा टेबल गरेको थियो । 

विधेयकमाथिको छलफलमा सांसद मोहम्मद ताहिर मियाँले मुस्लिम समुदायमा तलाक प्रथाका कारण मुस्लिम महिलाहरू चर्को हिंशामा परिरहेको बताए । कानूनले मान्यता नदिएपनि समाजमाा जरा गाढेर बसेको यो प्रथाले समस्या परिरहेकोले यसलार्इ निरूत्साहन गर्न सरकारले पहल लिनुपर्ने मियाँको भनार्इ छ। 

छलफलमाा सहभागी प्रदेश सांसदहरुले विधेयकको नाम परिवर्तन गर्न र संसदमातहतका अन्य  विषयगत समितिहरूमा पनि विधेयकमाथि थप छलफल चलाउन अाग्रह गरेका छन् ।

यो विधेयकमा घरेलु हिंशाबाट पीडित व्यक्तिको सहयोगका लागि प्रत्येक स्थानीयतहमा संरक्षण अधिकृत खटाउने, पुनःस्थापना केन्द्र स्थापना गर्ने, पीडकको सम्पत्ति पीडितलाई उपलब्ध गराउने लगायतका व्यवस्था गरिएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले यो ऐन लागू भए घरेलु हिंसा न्यूनीकरणमाा सफलता मिल्ने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?