व्यवसाय चुस्त राख्न सिक्दै व्यापारी

तुलसिपुर:तुलसिपुरका ब्यबसायिहरु आफ्नो ब्यबसाय चुस्त राख्न एक दिने लेखा तालिममा सहभागी भएका छन । तुलसिपुर उधोग बाणिज्य सङघले आफु मातहतमा रहेका किराना तथा अन्य ब्यकसायिहरुलाई जिल्लाका ठुला लेखा परिक्षकहरुलाई सहभागी गराएर तालिम तथा अन्तर्कृयामा सहभागी बनाएको छ । 

पहिलो चरणमा ५० लाख भन्दा कम कारोबार गर्ने झण्डै एक सय बढि किराना ब्यबसायिहरुलाई सनिवार आफ्नै सभाकक्षमा लेखा सम्बन्धि अभिलेख तथा आएकर र भ्याटको हिसाब कसरी राख्ने भन्ने बारेमा ब्यबसायिहरुले तालिम लिएका छन ।

कार्यक्रममा प्रमुख प्रशिक्षक दाङ जिल्ला अडिटर एशोसिएसनका अध्यक्ष रमेश केसिले ब्यबसायिहरुको सीप थप अभिबृद्दि गर्न आफुले सहयोग गरेको बताएका छन उनले करमा भएको परिवर्तन सम्बन्धि जानकारी समेत ब्यबसायिहरुलाई दिएका छन ।

कार्यक्रममा अर्का प्रशिक्षक अडिटर ललित बहादुर घर्तीले ब्यबसायिहरुलाई अलि चनाखो भएर हिसाब राख्न समेत सुझाव दिएका छन । उनले सानो गल्तीका कारण ब्यबसायिहरु अनावश्यक झमेला खेप्नु परेको उदाहरण दिदै लेखा सम्बन्धि जानकारी आफुलेपनि अनिवार्य रुपमा लिनुपर्ने बताए । कार्यक्रममा बाणिज्य सङघका अध्यक्ष बिरबहादुर रावतले आफुहरुले सबैलाई समेटने गरि आगामि दिनमा समेत लेखा सम्बन्धि तालिम क्रमशः सञ्चालन गर्दै जाने बताए ।

कार्यक्रमको सहजिकरण महासचिव रुपबहादुर खत्रीले गरेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?