काठमाडौं: सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो भने नामिवियामा गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको हो ।
सन् २०१० मा डिभिजन–५ मा रहेको नेपालले आठ वर्षको अन्तरमा ठूलो फड्को मारेको हो । नेपालले सन् १९९६ मा आइसिसीबाट एसोसिएट टिमको मान्यता पाएसँगै अन्तर्रा्ट्रिय क्रिकेट खेल्न थालेको थियो । शुरुवातमा नेपालले आइसिसी र एसिसीका विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गरेको थियो ।
सन् २०१२ मा मलेसियामा भएको डिभिजन–४ मा नेपालले अर्को सफलताको खुड्किलो उक्लियो । नेपाल डिभिजन–४ को च्याम्पियन बनेर डिभिजन–३ मा पुग्यो । सन् २०१३ मा नेपाल डिभिजन–३ को च्याम्पियन बनेको थियो । डिभिजन–३ को च्याम्पियन बनेपछि नेपालले विश्वकप छनोट प्रतियोगितामा स्थानसमेत बनाएको थियो ।
एकपछि अर्को राम्रो प्रदर्शन गर्दै अघि बढेको नेपाल सन् २०१४ मा डिभिजन थ्रीको दोस्रो पटक विजेता बन्यो । २०१४ मै नेपालले टि–ट्वान्टी विश्वकप क्रिकेट पनि खेलेको थियो । सन् २०१५ मा नेपालले डिभिजन–२ प्रतियोगिता खेल्यो । तर चौथो स्थानमा सीमित भयो । यद्यपि, नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा भने स्थान बनाउन सफल भयो ।
दुई वर्ष चलेको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौँ स्थानमै सीमित बन्दा नेपाल फेरि डिभिजन–२ खेल्न बाध्य भएको थियो । सन् २०१८ को फेब्रुअरीमा नामिबियामा भएको डिभिजन–२ मा दोस्रो हुँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउन सफल भयो ।
शुक्रबार राती खेलमा ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको दोस्रो अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको थियो ।
दोस्रो अन्तर्रा्ष्ट्रिय एक दिवसीय खेल खेलेको नेपालले नेदरल्यान्ड्सलाई उसकै घरेलु मैदानमा एक रनले पराजित गर्दै इतिहास रच्न सफल भएको हो । २१७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको नेदरल्यान्ड्सले पुरै ओभर खेल्दै २१५ रन मात्र बनाउँदै पराजित बनेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया