काठमाडौं । नेपाली युवा क्रिकेट खेलाडी सन्दिप लामिछाने क्यारेवियन प्रिमियर लिग ‘सीपीएल’ खेल्न वेस्ट इन्डिज प्रस्थान गरेका छन् ।
लेग स्पिनर लामिछाने नेदरल्यान्ड्ससँगको ऐतिहासिक एक दिवसीय खेलप्रश्चात ‘सीपीएल’ खेल्न त्यसतर्फ प्रस्थान गरेका हुन । वेस्ट इन्डिजमा यहि अगस्त ८ देखि सेप्टेम्बर १६ सम्म हुने ‘सीपीएल’मा सन्दीपले सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्सबाट खेल्दै छन् ।
क्रिस गेलको कप्तानीमा रहेको 'सीपीएल'को सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सले ५ हजार डलरमा सन्दिपलाई अनुबन्ध गरेको हो । ‘सीपीएल’का ५ खेल पछि उनी मलेसियामा हुने ‘एशिया कप’ छनोट खेल्न वेस्ट इन्डिजबाट आउने छन् ।
नेपाललाई पहिलो एक दिवसीय खेल जिताउन महत्वपूर्ण भूमिका निभाएका सन्दीपले आइपिएल, ग्लोबल टि—२० पछि तेस्रो फ़्रेञ्चाइज प्रतियोगिता खेल्दै छन्।
उनले नेदरल्याण्ड्सविरुद्ध दुई खेलमा गरि २० ओभर बलिङ गरेर महत्वपूर्ण चार विकेट लिएका थिए । पहिलो खेलमा ४२ रन खर्चिएर १ विकेट लिएका सन्दिपले दोस्रो खेलमा ४१ रन दिएर ३ विकेट लिएका थिए ।
यसैबीच सन्दिपले ‘सीपीएल’ को पुरा प्रतियोगिता भने खेल्न नपाउने भएका छन्। ‘एशिया कप’ छनोट खेल्ने हुनाले उनले ‘सीपीएल’ को पुरा खेल भने खेल्न नपाउने भएका हुन ।
मलेसियामा हुने ‘एशिया कप’मा नेपालसहित घरेलु टोली मलेसिया, युएई, हङकङ, सिंगापुर र ओमन भिड्दै छन् ।
छनोटको विजेताले ‘एशिया कप’मा भारत र पाकिस्तानसँग खेल्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया