काठमाडौं । नेपाल तान डोरी संघको दोश्रो साधारण सभाले भावनीप्रसाद पौडेलको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।
उपाध्यक्षमा सूर्यबहादुर भट्टराई र सुभाषश्री पोखरेल, महासचिवमा केशवराज गौतम, सचिवमा अजय रानाभाट तथा कोषाध्यक्षमा शिवभक्त सैंजु रहेका छन् ।
सन्तोषकुमार पौडेल, जेशिका चेमजोङ, रञ्जु सिग्देल, डिलाराम अर्याल, शैलज नेपाल, भोजराज दाहाल, खड्गबहादुर बोहरा, दीपकराज चालिसे, रोशन कुँवर र डा. नवराज पन्त सदस्यमा चयन भए ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले प्रमाण पत्र प्रदान गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया