जेलमा रहेका पूर्व ब्रजिलियाली राष्ट्रपति निर्वाचनका लागि मनोनित

एजेन्सी : जेलमा रहेका ब्राजिलका पूर्व राष्ट्रपति लुईस इनासियो लुला डा सिल्भाको नाम अक्टोबरमा हुने राष्ट्रपति पदको निर्वाचनका लागि मनोनयनमा परेको छ । 

भ्रष्टाचारको मुद्दामा १२ वर्ष जेल सजाय भोगिरहेका लुलाको वर्कर्स पार्टीका २ हजार कार्यकर्ताले राष्ट्रपति पदको उम्मेदवारको रूपमा साउ पाउलोमा प्रदर्शन गरेका हुन् ।

अधिकांश मत सर्भेक्षणमा लुला अग्रस्थानमा रहेको भएपनि उनलाई उम्मेदवारी दिन अनुमति प्राप्त हुनेछ्रैन् ।

भ्रष्टाचारको आरोपलाई अस्वीकार गर्दै लुलाले आफूमाथिको भ्रष्टाचार अभियोग आफूलाई सत्तामा फेरि पुग्न नदिनका लागि गरिएको षड्यन्त्र भएको बताएका छन् ।

लुलाले आफ्नो भ्रष्टाचारको मुद्दामा पहिलो पुनरावेदन जनवरीमा गर्न खोजेका थिए ।

तर पुनरावेदन अदालतले उनको जेल सजाय थपेर १२ वर्ष बनाइदिएको थियो ।

उनले सर्वोच्चमा यो मुद्दाको अपिल गर्न प्रयास गरिरहेका छन् ।

ब्राजिलको विद्यमान कानुनले कुनै फौजदारी अभियोगमा पुनरावेदन गर्न पाउन अधिकार समाप्त भएको व्यक्तिलाई राष्ट्रपति पदको उम्मेदवार बन्न रोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?