एजेन्सी : संरक्षणवादको नयाँ प्रवाह विरूद्धको लडाइँ उदीयमान देशहरूको संगठन ब्रिक्सको एकता आवश्यक भएकोमा जोड दिइएको छ ।
ब्रिक्सका दुई शक्तिशक्तिशाली अर्थतन्त्र चीन र भारतले मिएर ब्रिक्सको एकतामा जोड दिनुपर्ने दिल्लीस्थित जवाहरलाल नेहरु युनिभर्सिटीका प्रोफेसर स्वर्ण सिंहले बताए ।
जेएनयुको अन्तर्राष्ट्रिय राजनीति, संगठन र निःशस्त्रीकरण केन्द्रका प्रोफेसर सिंहले विगतका दशकमा ब्रिक्स बलियो हुँदै आएको बताउँदै यो समूहले संरक्षणवाद, आतंकवाद र जलवायु परिवर्तनजस्ता विषयहरूमा मिलेर अगाडि बढनुपर्ने आवश्यकता औंल्याए ।
ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य देशहरू छन् ।
स्वतन्त्र , निष्पक्ष र पारदर्शी विश्वव्यापी व्यापार अभ्यासमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिका पहिलोको अभियानले खतरा थपेको बताउँदै उनले यसका विरूद्ध लड्नुपर्ने आवश्यकता रहेको जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया