‘पिएसजी’ले जित्यो फ्रेन्च सुपर कपको उपाधि (तस्वीर सहित)

फ्रान्स । पेरिस सेन्ट जर्मेन ‘पिएसजी’ले फ्रेन्च सुपर कपको उपाधि जितेको छ । 

शनिबारराति सम्पन्न भएको खेलमा ‘पिएसजी’ले मोनाकोलाई ४-० गोल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । 

खेलको ३३ औं मिनेटमा ‘पिएसजी’का लागि अर्जेन्टिनी स्टार खेलाडी एन्जल डि मारियाले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै, ४० औं मिनेटमा क्रिस्टोफेर कुङकुले गोल गर्दै क्लबको अग्रतालाई दोब्बर पारे ।

एकपक्षिय रहेको खेलको पहिलो हाफसम्म २-० गोल अन्तरले अगाडी रहेको ‘पिएसजी’का लागि ६७ औं मिनेटमा टिमीथी वाले गोल गरे । खेलको इन्जुरी समयमा ‘पिएसजी’ का डि मारियाले व्यक्तिगत दोस्रो तथा क्लबका लागि अन्तिम गोल गरे । 

मोनाकोले खेलअबधिभर केहि गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन । यता, चोटका कारण गत फेब्रुअरीदेखि ‘पिएसजी’का लागि नखेलेका नेयमार दोस्रो हाफमा भने मैदान प्रवेश गरेका थिए ।

नेयमारले रसियामा विश्वकप फुटबलमा पनि सहभागिता जनाएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?