पाकिस्तान : पाकिस्तानको दक्षिण पश्चिममा यात्रुबाहक बस र एउटा तेल ट्याङ्कर एकआपसमा जुध्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अरु २५ जना घाइते भएको पाकिस्तानको सञ्चार माध्यमहरुले जनाएका छन् ।
कराँचीतर्फ करिब ५६ जना यात्रु बोकेर गइरहेको बस कोहाट शहर नजिक ट्रकसँग ठोक्किएको थियो ।
इन्धन बोकेको ट्रकमा भने भाग्यवस आगलागी नभएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनका विषयमा छानबिन सुरु गरेको छ ।
पाकिस्तानमा सडकको दुरवस्था, सवारी साधनको नियमित जाँच नहुने र जथाभावी ड्राइभिङका कारण बर्सेनि ठूलो संख्यामा सवारी दुर्घटना हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया