१८ औं ‘एशियाड’: नेपाली झण्डा बोक्न पाउने भाग्यमानी ओलम्पियन कमल

काठमाडौं । आसन्न १८ औं एशियाली खेलकुद ‘एशियाड’को उदघाटन सत्रमा हुने मार्च पासमा ओलम्पियन कमलबहादुर अधिकारीले नेपाली झण्डा बोक्ने निश्चित भएका छन् । 

यहि भदौ पहिलो साता शुरु हुने ‘एशियाड’ को मार्च पासमा नेपाली टोलीको नेतृत्व गर्दै ओलम्पियन भारत्तोलन खेलाडी कमलले नेपालको झण्डा बोक्ने भएका हुन । 

मार्चपासमा टोलीको नेतृत्व गर्दै झन्डा बोक्नुलाई खेलाडीको सम्मानका रुपमा लिइन्छ । विशेषगरि सिनियर खेलाडीले मार्चपासमा नेपाली झन्डा बोक्ने परम्परा छ । यसपालिको ‘एशियाड’मा नेपालबाट करिब २ सय खेलाडीहरुले सहभागिता जनाउँदै छन् । 

नेपाली टोलीको नेतृत्व गर्दै दक्षिण एशियाली खेलकुद ‘साग’का पदक विजेता कमललाई भण्डा बोक्न दिने निर्णय गरेको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले बताए । 

कमलले सन् २००८ मा चीनमा भएको बेइजिङ ओलम्पिकमा पनि सहभागिता जनाएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?