७ रेक्टरस्केलको शक्तिशाली भूकम्पमा परि र्इन्डोनेशियामा ८२ जनाको मृत्यु

काठमाडौं : लम्बक टापुलार्इ केन्द्रबिन्दु बनाएर गएको ७ रेक्टरस्केलको शक्तिशाली भूकम्पीय झड्कामा परि र्इन्डोनेशियामा ८२ जनाले ज्यान गुमाएका छन् । 

अार्इतबार राती गएको पछिल्लो भूकम्पका कारण सैयाैं नागरिक घार्इते भएको र्इन्डोनेशियाली सरकारले जानकारी दिएको छ। 

प्रकोप व्यवस्थापन अधिकारीहरुका अनुसार भूकम्पका कारण हजाराैं भाैतिक संरचना र अावासहरू भत्किएका छन् । 

भूकम्पका कारण ठूलो समुन्द्री अाँधी अाउनसक्ने विज्ञहरूले बताएका छन् । 

लम्बकमै गत हप्ता ६.४ रेक्टरस्केलको भूकम्प जाँदा १६ जनाले ज्यान गुमााएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?