साउदी अरबद्वारा क्यानाडियाली राजदूतलाई देश निकाला

एजेन्सी : साउदी अरबले क्यानाडाका राजदूतलाई देश निकाला गरि क्यानाडाबाट आफ्ना राजदूतलाई फिर्ता बोलाइरहेको छ ।

क्यानाडाले देशको आन्तरिक मामिलामा हस्तक्षे गरेको आरोप लगाउँदै साउदी अरबले क्यानाडासँग गरेको सबै व्यापार र लगानीसम्झौताहरूलाई कार्यान्वयन गर्न रोकेको छ ।

साउदी अरबका मानवअधिकारकर्मीहरूको गिरफ्तारीप्रति क्यानाडाले गम्भीर चिन्ता व्यक्त गरेपछि साउदी अरबले यस्तो प्रतिक्रिया सार्वजनिक गरेको हो ।

साउदी अरबमा पुरूषको अभिभावकत्व प्रणाली खारेज हुनुपर्ने माग गर्दै आएकी महिला अधिकारकर्मी समर बदावीलाई गिरफ्तार गरिएको छ ।

बदावीलाई रिहा  गर्न माग गरिएको हो । साउदीका युवराज मोहम्मद बिन सलमानको प्रगतिशील कदमका बाबजुद मानवअधिकारकर्मीको गिरफ्तारीलाई आश्चर्यको रूपमा लिइएको छ ।

साउदी अरबले चाहेको यो कुटनीतिक मापदण्डबारे  क्यानाडाले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?