पहिरो पन्छाएपछि मुग्लिङ-नारायणगढ सडक एकतर्फी सञ्चालनमा

चितवन : रातभर परेको अविरल बर्षाका कारण पहिरो जाँदा अबरूद्द भएको मुग्लिङ-नारायणगढ सडक 'वान वे' सञ्चालनमा अाएको छ । 

यो सडकखण्डको घुमााउने र जलविरेमा सोमबार बिहान ६ बजेतिर पहिरो खसेको थियो । यी स्थानमा अहिले पनि निरन्तर पहिरो खसिरहेको छ। 

मुग्लिङ-नाैबिसे सडकखण्डअन्तर्गतको फिस्लिङम पनि सोमबार बिहान ७ बजेतिर पहिरो खसेको प्रहरीले जानकारी दिएको छ। 

बाक्लो झरी परिरहेकाले पहिरो पन्छाउन प्रहरीले समस्या खेपिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?