काठमाडौ: केहि दिनदेखि परेको अविरल बर्षाका कारण भक्तपुरको राधेराधे र सल्लाघारी डुबानमा परेका थिए ।
अझै केहि दिन पानी पर्ने अनुमान गरिएकाले भक्तपुरमा उच्च सतर्कता अपनाइएको छ ।
अत्यधिक वर्षाले खोलाहरुमा आएको बाढी फेरि पनि भक्तपुरका बस्तीमा पस्ने खतरा रहेकाले सतर्कता अपनाइएको हो ।
भक्तपुर डुबानमा परेको रिपोर्ट नआएको भएपनि खतराका कारण सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए। प्रहरीहरु स्ट्याण्डबाई रहेका छन् ।
भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी भक्तपुरमा पस्दा सल्लाघारी, श्रीजनानगर, राधेराधे, दुवाकोट लगायतका स्थान डुबानमा पर्ने गर्दछन् । यसअघि २८ असार र २० साउनमा भक्तपुर डुबानमा परेको थियो । बाढीले राधेराधे र सल्लाघारी जोड्ने पुलमा क्षति भएकाले मर्मत गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया