एजेन्सी : अन्तरिक्षमा फन्को मारिरहेको सानो देश अस्गार्डिया हो । सुन्दा अचम्म लाग्न सक्छ यो देशको वजन २.७ किलो ग्राम मात्र छ ।
यो स्याटेलाइट जस्तो सानो बाकस जस्तो छ । सन् २०१७को नोभेम्बरदेखि यो देश अन्तरिक्षमा चक्कर लगाइरहेको छ ।
यो देशको भौतिकरूपमा अपेक्षित देश नभएपनि यसको उद्देश्य धेरै बलियो छ ।
अन्तरक्षिमा एक विशाल जहाज उडाउने लक्ष्य लिएको यो देशले अन्तरिक्षमा मानव बस्ती बसाउने योजना लिएको छ ।
अस्गार्डियाको नियन्त्रण एवं नियमनका लागि संविधान बनाइएको छ । जसले अन्तरिक्षमा बस्ती बसाउँदा भविष्यमा नियमन गर्नेछ ।
यो देशको पहिलो राष्ट्रप्रमुख अजरबइजानका अर्बपति इगोर रउफोविच असुरबेली हुन् ।
प्रकाशन, सञ्चार, विज्ञान, शिक्षा र अन्तरिक्षको खतरासँग जुध्ने विषयमा कारोबार गर्ने इगोर कुनै बेला रूसी कम्पनी अल्माजका प्रमुख कार्यकारी पनि थिए ।
यो कम्पनीले मिसाइल र रक्षा उपकरण बनाउने गरेको थियो । पछि यसले रूसमा चर्च बनाउन थाल्यो ।
२५ जुनका दिन आस्ट्रियाको राजधानी भिएनामा इगोर अस्गार्डियाका पहिला राष्ट्रप्रमुख बनाइए ।
इगोरको तस्विर भएको एक सिक्का पनि सार्वजनिक गरियो ।
यो सिक्का यो देशका सबै नागरिकलाई घोषणा सभामा वितरण गरिएको थियो ।
यो देशमा शान्ति कायम गर्नका लागि कुनै पनि धर्मलाई अपनाइने छैन् ।
यो कार्यक्रममा ३५० जना अतिथिहरूको उपस्थिति थियो ।
यसमा यो नयाँ देशका सांसद, दानदाता, समर्थक, मिडियालगायतका व्यक्तिहरूको उपस्थिति थियो ।
यहाँ १२ भाषालाई मान्यता दिइएकोछ । यहाँ कलालाई प्रोत्साहन गरिने बताउँदै राष्ट्रप्रमुख इगोरले हतियारले संघर्षलाई बढावा दिने गरेको बताका थिए ।
इगोर यो पदमा पाँच वर्षसम्म रहनेछन् । त्यसपछि फेरि चुनिन पनि सक्छन् ।
अस्गार्डियालाई अधिराज्य भनेपनि यहाँ राजा नभइ राष्ट्रप्रमुखको पद निर्धारण गरिएको छ ।
तर ८२ वर्ष उमेरका व्यक्तिले राष्ट्रप्रमुखको पदमा बस्न पाउने छैन् ।
अस्गार्डियाका सांसद र स्पेस काउन्सिका सदस्यहरूले नयाँ राष्ट्रप्रमुखको नियुक्त गर्ने र राष्ट्रप्रमुखलाई आफ्नो उत्तराधिकारी तय गर्ने अधिकार हुनेछ ।
यहाँको संविधान अनुसार राष्ट्रपतिलाई संसद भंग गर्ने अधिकार दिइएको छ ।
यो काल्पनिक देशमा २ लाख ४६ हजार नागरिक दुनियाका विभिन्न देशबाट आएका छन् ।
यहाँ ८२ प्रतिशत पुरूष छन् । यहाँको सांसदमा ७२ प्रतिशत पुरूष छन् ।
यो देशको नागरिक बन्न अनलाइन आवेदन दिनुपर्नेछ ।
यसको संविधान स्वीकार गरेमा नागरिकता दिइनेछ ।
अस्गार्डियाको संविधान ९ हजार शब्दको छ ।
यसको लक्ष्य अन्तरिक्ष र ब्रह्माण्डमा शान्ति कायम राख्नु , सबै नागरिकलाई बराबरीको अधिकार हुने, विज्ञान प्रविधि तथा विचार नै यहाँको धर्म हुने, कुनै किसिमको अनैतिकतालाई सहन गर्न नसकिने जस्ता प्रावधान संविधानमा राखिएका छन् ।
भविष्यमा अन्तरिक्षमा स्थापित हुने यो देशको नागरिक बन्ने होइन त?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया