एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५मा गरिएको परमाणु सम्झौताबाट फिर्ता भइ इरानामाथि नयाँ आर्थिक नाकाबन्दी लगाउने गरी गरेको निर्णयबाट युरोपेली व्यवसायलाई घटा हुने भएको छ ।
गाडी व्यवसायको क्षेत्रमा फ्रान्सेली कम्पनी रेनलट र पीएसएले फरक बाटो अपनाएका छन् ।पेयुगिओ, सिट्रोन र ओपेल ब्रान्डका कम्पनी पीएसएले जुनमा आफ्नो कारोबार इरानमा स्थगित गरिरहेको जनाएको थियो ।
यो समूह युरोपको दोस्रो ठूलो कार बनाउने कम्पनी हो । गतवर्ष ४ लाख ४५ हाजर भन्दा बढी गाडी इरानमा बेच्यो । फ्रान्स बाहिर यो उसको धेरै ठूलो बजार मध्ये एक हो ।
रेनल्टले बन्द गर्नु भन्दा पनि कारोबार जारी राख्ने जनायो । जुलाई १६मा कम्पनीले १०.३ प्रतिशतले बिक्री घटेको जनायो ।
जर्मनीको डेमलरले इरानका दुई कम्पनीसाग मिलेर मर्सडिज बेन्ज ट्रकको एसेम्बल गर्ने कार्य गरिरहेको छ ।
फक्सवागनले गतवर्ष पहिलो पटक १७ वर्ष यता इरानमा राम्रो शुरुवात गर्ने जनाएको थियो ।
यो कम्पनीले सन् २०१६को तुलनामा इरानमा निर्यात बढने अपेक्षा गरेको थियो । सन् २०१६मा २.६ अर्ब अमेरिकी डलर बराबरको बिक्री बढेर ३ अर्ब अमेरिकी डलर बराबर पुग्ने जनाएको थियो ।
उड्डयन क्षेत्रमा पनि यसले समस्या उत्पन्न गराएको छ ।एयरबसले इरानसाग १सय जेट विमानको आपूर्ति गर्ने सम्झौता गरेको थियो ।
अहिलेसम्म ३ जेट विमान मात्रै दिन सकेको छ ।
इटलीको विमाान कम्पनी एटीआरले २०विमान दिने सम्झौता इरानसँग गरेको थियो ।
८वटा मात्र दिन सकेकोछ ।
तेलको क्षेत्रमा फ्रान्सको ऊर्जा क्षेत्रको कम्पनी टोटल इरानबाट बाहिरिएको छ ।
यो कम्पनीले राम्रो व्यवसाय गर्ने अपेक्षा गरेको थियो । तेल क्षेत्रका विभिन्न कम्पनीहरूलाई समस्या परेको छ ।
रेल्वे र जहाज निर्माणको क्षेत्रमा क्रियाशील कम्पनीहरूलाई समस्या परेको छ ।
पर्यटन क्षेत्रका युरोपेली कम्पनीहरूलाई यो सम्झोताबाट घटा हुने भएको छ ।
ब्रिटिश एयरवेज र जर्मनीको लुफ्थान्सालाई विमानसेवाको काम बन्दगुर्नपर्ने अवस्था आएको छ ।
फ्रान्सको होटल चेन कम्पनी एकोर होटल्सले पनि इरानी कम्पनीसँग सम्झौता गरेको थियो ।
स्पेनको मेलिया होटल इन्टरनेशनलले पनि इरानमा पाँच तारे होटल सञ्चालन गर्ने सम्झौता गरेको थियो ।
उद्योगको क्षेत्रमा युरोपेली कम्पनीलाई समस्या हुने भएकोछ ।
युरोपको औषधि बनाउने कम्पनी र ब्रैंकहरूलाई पनि ट्रम्पको यो निर्णयबाट समस्या हुन देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया