जर्मनी । जर्मनीका स्ट्राइकर मारियो गोमेजले अन्तर्राष्ट्रिय फुटबल जिवनबाट सन्यास लिएको घोषणा गरेका छन् ।
३३ वर्षीय गोमेजले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै आइतबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । रसिया विश्वकपपछि गोमेज जर्मनीबाट सन्यास लिने दोस्रो खेलाडी हुन । यसअघि जर्मनीका मिडफिल्डर मेसुट ओजिलले अपमानको कारण देखाउदै अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।
सन्यासपछि गोमेजले प्रशिक्षक जोचिम लोउसँगको सल्लाहमै सन्यासको घोषणा गरेको बताएका छन् ।
गोमेजले जर्मन टिममा युवा प्रतिभाहरु आइसकेका कारण पनि सन्यास लिने समय आएको बताए ।
गोमेजले जर्मनीबाट ७८ खेलमा ३१ गोल गरेका छन् । गोमेजले सन् २००७ मा स्वीट्जरल्यान्डविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । गोमेजले डेब्यु खेलबाटै चर्चा बटुलेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया