वीर बहादुर तामाङको अध्यक्षतामा उसु संघको केन्द्रीय कमिटी गठन

काठमाडौं । नेपाल उसु संघको केन्द्रीय साधारण सभाले वीर बहादुर तामाङको अध्यक्षतामा २८ जनाको केन्द्रीय कमिटी गठन गरेको छ । 

आइतबार सम्पन्न भएको संघको केन्द्रीय साधारण सभाले तामाङको अध्यक्षतामा १६ जना निर्वाचित र १२ जना मनोनित गरि २८ जनाको केन्द्रिय कमिटी गठन गरेको जानकारी दिएको हो ।

कार्य समितीको अध्यक्षमा तामाङ सहित सहअध्यक्ष जनक बतौला, उपाध्यक्षहरु प्रनिल ध्वज कार्की, दीपक लामा, हरी थापा, शंकर थापा, विष्णु चन्द, दुष्यन्त बस्नेत, नानीबाबु तामाङ र राजीव महर्जन रहेका छन् । त्यस्तै, महासचिवमा लाक्पा छिरिङ लामा, सचिवमा राजेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा लानम लामा र सह कोषाध्यक्षमा ऋतु ग्यमदन रहेका छन् । 

कार्यक्रमको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले उदघाट्न गरेका थिए । कार्यक्रममा प्रदेश सभाका सभासद कुसुम कुमारी श्रेष्ठ, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र 'राखेप'का कोषाध्यक्ष शैलेश कर्माचार्य लगायत अन्य संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

साधरण सभा ४८ जिल्ला र केन्द्रका २९ जना गरि प्रतिनिधीहरुको उपस्थितीमा सम्पन्न भएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?