विदेशमा रहेका नेपाली श्रम, सीप र पूँजी नेपाल भित्र्याइने

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालीले विदेशमा प्राप्त गरेको श्रम, सीप र पूँजीलाई नेपाल भित्र्याउन सक्दो पहल गरिने बताएका  छन् । 
एशिया प्यासिफिक सिटी सम्मेलनमा जापान भ्रमणका प्रमुख शाक्यले त्यहाँ रहेका नेपालीसँगको छलफलमा उक्त कुरा बताएका हुन् ।

फुकुओकाका मेयर ताकासिमाको विशेष निमन्त्रणामा जापान गएका शाक्य फुकुओकामा भएको सम्मेलनमा सहभागी  भएका थिए  । सम्मेलनमा शहर व्यवस्थापनसँग जोडिएका चुनौती विषयमा छलफल भएको थियो ।

शहरमा हुनुपर्ने न्यूनतम आधार, विकासका सूचकलगायत विभिन्न देशका विभिन्न शहरसँगको अन्तर्सम्बन्ध बढाउने अवसर प्राप्त भएकाले सममेलन महत्वपूर्ण भएको शाक्यले बताए  । प्रमुख शाक्य यही साउन १५ गते त्यसतर्फ गएका थिए  । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?