पुगेन कार्बनडाइअक्साइड कटौती, पृथ्वी ‘हटहाउस’ बन्ने चेतावनी

एजेन्सी : वैज्ञानिकहरूले पृथ्वी तातो घर बन्ने जोखिम कायमै रहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

साइन्स फिक्सनमा आधारित कम बजेटको चलचित्र “हटहाउस अर्थ”मा पृथ्वी तातो घरको रूपमा परिणत हुने जस्तो देखाइएको प्राणघातक गम्भीर अवधारणााको जोखिमबाट पृथ्वी मुक्त नभएकोमा उनीहरूको चिन्ता बढेको हो ।

आउने शताब्दीहरू भित्र पृथ्वीको उम्लिदो तापक्रम र उक्लिदो समुद्र सतहको समस्यालाई समाधान गर्न गर्नु पर्ने आवश्यक कामको एक ठोस थ्रेसहोल्ड निर्माण गर्नुपर्नेमा अनुसन्धानकर्ताहरूले जोड दिएका छन् ।

देशहरूले कार्बनडाइअक्साइडको कटौती गर्ने लक्ष्यलाई पूरा गर्न सफलता पाएपनि अचानक दुनियाँ त्यही बाटोमा फर्किन पुगेको छ ।

वैज्ञानिकहरूको अध्ययन अनुसार विश्वव्यापी तापक्रम २ डिग्री सेल्सियसले बढछ भने यो सबै जोखिम आउन सक्छ ।

विश्वव्यापी गर्मीले आगाी केही दशकहरूमा हामीलाई बचाउने प्राकृतिक शक्तिहरूलाई शत्रुको रूपमा परिवर्तन गर्ने अध्ययनले जनाएको छ ।

कार्बनडाइअक्साइडले जलवायु परिवर्तनको समस्यालाई झनै खराब अवस्थामा पु-याउनेछ ।

उत्तरी अक्षांशहरूमा माटोको बाक्लो परत छ जहाँ अहिले करोडौं टन तातिरहेको ग्यास छ वा अमेजनको वर्षावन भनौ त्यहाँ २ डिग्री सेल्सियसको गर्मी भए कार्बन सोस्नुको साटो ठूलो मात्रामा कार्बन ओकल्न थाल्छ । 

सन् २०१५ अघिका सरकारहरूले तापक्रमको बृद्धि २ डिग्री सेल्सियस मुनि राख्ने प्रतिबद्धता गरेका थिए । उनीहरूको प्रयासले यो बृद्धि दर १.५ प्रतिशत मुनि रहेको छ । 

अनुसन्धानकर्ता वैज्ञानिकहरूले कार्बन कटौतीको यो दर पर्याप्त नभएको बताएका छन् । 

अनुसन्धानका लेखक प्राफेसर जोआन रकस्ट्रमले भने“ अहिले हामी कार्बन नियन्त्रण गर्न सक्ने अवस्थामा छौं तर जब गर्मी २ डिग्री सेल्सियस नाघेर जान्छ त्यतिखेर हामी नियन्त्रण गर्न सक्दैनौं ।

पृथ्वी मित्रको ठाउँमा शत्रु बनेर आउँछ । त्यसपछि हामी पृथ्वीको प्रणालीले हाम्रो भाग्य कोर्छ ”

अहिले विश्वव्यापी तापक्रम १ डिग्री सेल्सियस जति बढेको छ । हरेक दशकमा यो ०.१७ डिग्री सेल्सियसको दरले बढिरहेको छ ।

यो नयाँ अध्ययनमा उनीहरूले १० प्राकृतिक प्रणालीलाई फिडब्याक प्रोसेसको रूपमा व्याख्या गरेका छन् ।

उनीहरूले अहिले कार्बनडाइअक्साइड र बढदो तापक्रमको प्रतिकूल असरबाट हामीलाई जोखाउँछन् ।यसमा पृथ्वीको वनजंगल,आक्र्टिक समुद्रको हिमक्षेत्र र समुद्रसतहको मिथेनहाइड्रेट्सलाई समावेश गरिएको छ ।

कार्बनडाइअक्साइडको स्तर वैज्ञानिकहरूले जनाएको जोखिम स्तरलाई नाघेपछि मानिसलाई जोगाउने प्राकृतिक स्रोतहरू एक पछि अर्को गरी ध्वंसभएर जानेछ ।

हटहाउस अर्थको अवस्थामा पुग्नु भनेको पृथ्वीको अवस्था १२ लाख वर्षमा पुग्नु हो । हिमपरतहरू पग्लिएर जानु भनेको समुद्रसतह अहिलेको भन्दा १० देखि ६० मिटर अग्लो हुनु हो ।

यसो भन्नु भनेको पृथ्वीमा अहिले मानिसका लागि भइरहेको बसोबासको स्थान समाप्त भएर जानु हो । यसको प्रतिकूल असर व्यापक हुनेछ ।

वैज्ञानिकहरूले यी प्राकृतिक स्रोतहरू एक पछि अर्को गरी ध्वस्त हुन थालेपछि यसलाई जोगाउन कसैले सक्दैन् ।

बेलायत र युरोपका गर्मीहरू हटहाउस अर्थका प्रमाण हुन भनिरहँदा उनीहरूले यसलाई संवेदनशील भएर लिनुपर्ने बताएका छन् ।

प्राकृतिक शक्तिको संवेदनशीलतालाई अवमूल्यन गरिए अवस्था खराब हुने उनीहरूले चेताएका हुन् । उ

नीहरूका अनुसार २ डिग्री सेल्सियस तापक्रमको बृद्धि नै प्राकृतिक स्रोत साधनको जोखिमलाई बढाइ दिनेछ ।

यसको उपायको रूपमा उनीहरूले धर्तीसँगको सम्बन्धलाई पुन समायोजन गर्नुपर्ने बताउँछन् ।

धर्तीसँगको सम्बन्ध हामीबाट बिग्रिएको हो भने यसलाई सुधार गर्नुपर्ने काम हाम्रै हुने उनीहरूको तर्क छ ।

वनजंगलाई सुरक्षित गर्दै कार्बनडाइअक्साइडलाई सोस्ने मेसिन बनाउनुपर्ने उनीहरूले सुझाउ दिएका छन् । यो शताब्दीको मध्यतिर इन्धनको रूपमा पेट्रोलियम पदार्थको प्रयोगमा रोक लगाउनुपर्छ ।्

मानव मूल्यमान्यता, समानतातर्फ उन्मुख भइ त्यसअनुरूपको व्यवहार प्रविधिको विकासबाट हामी सबै पृथ्वीको गोठालो बन्नै पर्छ ।

यो अनुसन्धानबारे केहीले बढी भएको कि भन्छन् भने केहीले यसको परिणामलाई गम्भीररूपमा लिनुपर्ने बताउँछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?