अमेरिकाले इरानमाथि आर्थिक नाकाबन्दी लगायो

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आर्थिक नाकाबन्दी मंगलबार पौने दश बजेदेखि लागू हुने गरी लगाएका हुन् ।

अमेरिकाले सन् २०१५मा इरानसँग गरेको परमाणु सम्झौतालाई नमान्ने भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि आर्थिक नाकाबन्दी थप्ने जनाएका थिए ।

त्यही अन्तर्गत ट्रम्पले इरानमाथिको नाकाबन्दी मंगलबार पौने दश बजेदेखि लागु हुने जनाए । 

यो नाकाबन्दी सुन लगायतका बहुमूल्य धातुहरूको कारोबारमा लागु हुनेछ ।

ट्रम्पले यो नाकाबन्दीबाट इरानमाथि चाप बढने र उसले परमाणुसम्बन्धी नयाँ सम्झौता गर्न सहमति जनाउने विश्वास गरेका छन् ।

इरानका राष्ट्रपति हसन रूहानीले ट्रम्पको यो कारबाहीलाई मनोवैज्ञानिक युद्धकलाको संज्ञा दिएका छन् ।

इरानको सरकारी टेलिभिजनमा प्रतिक्रिया जनाउँदै राष्ट्रपति रूहानीले भने “कुटनीति र वार्ताको पक्षमा छौं । तर वार्तामा इमानदारिता आवश्यकता छौं ।”

पूर्व राष्ट्रपति बराक ओबामाले परमाणु हातहतियारको विकास गरिरहनबाट इरानलाई रोक्न यो सम्झौता राम्रो भनेर समर्थन गरेका थिए ।

तर ट्रम्पले यो सम्झौतालाई खतरनाक भनेर विरोध गरेका छन् । यो नाकाबन्दी पछि इरानलाई अमेरिकाको बैंक नेट खरिद गर्न समस्या हुनेछ ।

सुन र अन्य बहुमूल्य धातुको व्यापारमा समस्या हुनेछ भने  गेफाइट , अल्मुनियम, स्टिल, कोइला र औद्योगिक प्रयोजनका लागि चाहिने सफ्टवेयर खरिद बिक्रीमा समस्या हुनेछ ।

इरानलाई मुद्रा साटन गाह्रो हुनेछ भने स्वचालनको क्षत्रमा समस्या पार्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?