चीनको विरोध गर्न भारत अमेरिकी समूहमा नजाने

 एजेन्सी : चीनको बेल्ट एन्ड रोड इन्सिएटिभ(बीआरआई)लाई चुनौती दिने जापान र अस्ट्रेलियासहित अमेरिकी नेतृत्वको पूर्वाधार विकास परियोजनामा भारतले सहभागी हुनबाट पन्छिएको छ ।

अमेरिकी नेतृत्वको हिन्द प्रशान्त क्षेत्रमा त्रिपक्षीय पूर्वाधार समूहबाट भारत बहिरिनुलाई राम्रो कुरा भएको कतिपयको बुझाइ छ ।

भारतको यो निर्णयले विश्वको बहुध्रुवीय अवधारणालाई जोड दिएको यो मामिलासँग सम्बिन्धत व्यक्ति व्यक्तिले जनाएको छ ।

भारतले चीनको बीआरआईका बारेमा आफ्नो गम्भीर असहमति राखिआएको छ ।

भारतले हिन्द प्रशान्त महासागरीय क्षेत्रमा गैर ध्रुवीय समुहलाई विकस गर्ने प्रयास गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सोचीमा रुसी राष्ट्रपति भ्लादिमर पुटिनसँग यसबारे छलफल गरेका थिए ।
अमेरिकी नेतृत्वको यो समूहले हिन्द प्रशान्त क्षेत्रका देशहरूमा पूर्वाधार विकास गर्नका लागि गठन गरि

एको छ ।अमेरिकाले डिजिटल अर्थतन्त्र, ऊर्जा र पूर्वाधार विकासका लागि छुट्टै ११ करोड ३० लाख अमेरिकी डलर बराबरको कोष खडा गर्ने अमेरिकाले प्रतिबद्धता जनाएको छ ।

यो समूहले यो क्षेत्रमा सुरक्षालाई पनि ध्यान दिनेछ । मोदी नेतृत्वको भारतीय सरकारले चीनको सरकारसँग  मिलेर काम गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?