एजेन्सी : अमेरिकाले चीनसँगको व्यापार युद्धमा जितेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी दिउँसै सपना देखे जस्तो भएको चिनियाँ सरकारी अखबारले टिप्पणी गरेको छ ।
चिनियाँ स्टक बजारमा देखिएको सानो गिरावट आफूले चीनसँग लडिरहेको व्यापार युद्धको जितको संकेत भएको राष्ट्रपति ट्रम्पको दाबी दिउँसै सपना देखे जस्तै भएको चाइना डेलीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ वस्तुहरूमा थप महशुल लगाएपछि चीनले पनि ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी वस्तुमा भन्सार शुल्क थप्ने जवाफी कारबाही गर्ने प्रस्ताव गरेको छ ।
ट्रम्पले २खर्ब अमेरिकी डलर बराबरको चिनिया वस्तुहरूमा २५ प्रतिशत महशुल बढाएको विरोधमा चीनले पनि सोही बमोािजम भन्सार शुल्क थप्ने जनाएको हो ।
ट्रम्पले महशुल शुल्क बढाएको विषयमा जानकारी दिँदै ट्रम्पले ट्विेटका थिए –महशुल लगाउने कदमले अरु कसैले अपेक्षा गरेभन्दा बढी राम्रो परिणाम दिइरहेको छ ।
गत चार दिनमा चिनियाँ बजार २७ प्रतिशतले खस्किन गएको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया