थाइल्याण्ड । आसन्न १८ औं ‘एशियाड’ र ‘साफ’ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टिमले थाइल्याण्डसँग पहिलो अभ्यास खेल खेल्दैछ ।
यि दुई टिमबीचको खेल बोनयाचिन्दा स्टेडियममा शुरु हुँदैछ ।
पुलिस टेरो क्लबविरुद्धको खेलमा नेपालका दुई महत्वपूर्ण सदस्य रोहित चन्द र गोलकिपर किरण चेम्जोङले खेल्ने छैनन् । किरणको भिसा समस्याका कारण र रोहितलाई क्लबले नपठाएको कारण उनीहरु पहिलो अभ्यास खेलमा उपलब्ध नहुने भएका हुन् ।
किरण मंगलबार थाइल्यान्डतर्फ प्रस्थान गर्ने बताइएको छ । किरणले थाइल्यान्डको यु–२३ टिमसँगको दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछन् ।
नेपालले दोस्रो अभ्यास खेलमा शुक्रबार थाइल्याण्डको यू–२३ टोलीसँग थाम्मासत युनिभर्सिटी मैदानमा खेल्नेछन् । प्रशिक्षण र अभ्यास खेलको लागि नेपाली टोली शुक्रबार नै थाइल्याण्ड पुगिसकेको छ ।
थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछन् । एसियन गेम्समा नेपाल समूह ‘डी’मा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया