अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सदस्य नाट इन्द्रपानाको निधन

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सदस्य नाट इन्द्रपानाको निधन भएको छ । 

थाइल्याण्डको राष्ट्रिय ओलम्पिक कमिटीका उप-महासचिव समेत रहेका उनको ८० वर्षको उमेरमा सोमबारराति निधन भएको हो । इन्द्रपानाको उल्लेखनिय योगदानले नै थाइल्याण्डको खेलकुद विकास भएको खेलकुद विज्ञहरुको भनाई छ ।  ।

थाइल्याण्डको खेलकुद विकास तथा सुधारको अध्यक्ष समेत रहेको उनले दक्षिणपुर्व एशिया फेडेशनमा पनि काम गरे । एशियन ट्रयाप एण्ड स्केट सुटिङ फेडेरेशनको अध्यक्ष, एशियन खेलकुद परिषद र ओलम्पिक काउन्सिल अफ एशियाको सदस्यका रुपमा पनि काम गरेका थिए । 

यसैविच, थाइल्याण्ड ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचले इन्द्रपानाको निधनले थाइल्याण्ड खेलकुद क्षेत्र नै शोकमा डुबेको बताए । 

‘उनको निधनले थाइल्याण्डको खेलकुद क्षेत्रले एक असल खेलकुद व्यक्तित्व र पिता गुमाएको छ । उनले थाइल्याण्डको खेलकुद विकासका क्रममा विश्वमा धेरै साथी बनाएको छ त्यसमा म पनि पर्छु । उनले यहाँको खेलकुदलाई राम्ररी परिचालन गरेको थियो । तर, त्यहि असल व्यक्ति आज हामीमाझ छैन ।’ उनले भने । 

इन्द्रपना सन् १९९० मा थाइल्याण्ड ओलम्पिक कमिटीमा आवद्ध भएका थिए । उनले सन् २०१५ सम्म कल्चर अफ ओलम्पिक हेरिटेज कमिसनमा सदस्यका रुपमा काम पनि गरे ।

उनले सन् २००० को सिड्नी ओलम्पिक, २००८ को बेइजिङ ओलम्पिक र सन् २०१६ को रियो ओलम्पिक तथा सन् २०१० मा सिंगापुरमा सम्पन्न पहिलो युथ ओलम्पिक गेम्समा समन्वय गरेका थिए ।

उनले १० वर्षसम्म विश्व तेक्वान्दो फेडेरेशनमा उपाध्यक्ष पदमा रहदै काम गरेका थिए ।  उनी सन् १९९९ देखि २००९ सम्म तेक्वान्दो फेडेरेशनमा आवद्ध थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?