मैत्रीपूर्ण फुटबल : नेपाल पहिलो हाफमा एक-शुन्यले पछाडि

थाइल्याण्ड । आसन्न १८ औं ‘एशियाड’ र ‘साफ’ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टिम र थाइल्याण्डबीच भएको पहिलो अभ्यास खेलको पहिलो हाफ सकिएको छ । 

बोनयाचिन्दा स्टेडियममा भएको खेलमा नेपाल १—० गोलले पछि परेको छ । खेलको ३९ औ मिनेटमा नेपालले आत्मघाती गोल गर्यो ।

नेपालले खेलको १५ औं मिनेटमा पोष्ट चार्ज गरेपनि टेरो पुलिस क्लबका गोलरक्षकले उत्कृष्ट बचाउ गरे । त्यस्तै, १७ औं मिनेटमा पाएको कर्नरलाई पनि सहि दिशा दिन सकेनन् । खेलको २३ औं मिनेटमा सुमनले दिएको क्रसलाई बिमल घर्ती मगर वान भर्सेस वानमा गोल गर्न चुके ।

३५ औं मिनेटमा पुनः घर्ती मगर गोल गर्न चुकेका थिए । 

नेपालले दोस्रो अभ्यास खेलमा शुक्रबार थाइल्याण्डको यू–२३ टोलीसँग थाम्मासत युनिभर्सिटी मैदानमा खेल्नेछन् । 

थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछन् । एसियन गेम्समा नेपाल समूह ‘डी’मा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?