काठमाडौं । भारतको पुनामा यहि बिहीवारदेखि शुरु हुने इन्डिया जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
आउदो आइतवारसम्म चल्ने सो प्रतियोगितामा सहभागि हुन प्रफुल महर्जन, रुकेश महर्जन, प्रिन्स दाहाल र पविन लिङथेप रहेका छन् । त्यस्तै, मेघराज कठायतले प्रशिक्षक तथा व्यवस्थापक दुवैको भूमिका निर्वाह गर्नेछन् ।
१६ राष्ट्रको सहभागिता रहने प्रतियोगितामा नेपालले सिंगल्स र डबल्समा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघले जानकारी दिएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’का सदस्य वीरेन्द्र श्रेष्ठ र ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले बिदाइ गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया