‘एशियाड’ प्याराग्लाइडिङ टोली इण्डोनेशिया प्रस्थान

पोखरा । इण्डोनेशियामा हुने १८ औँ एशियाली खेलकूदमा सहभागी हुन नेपाली प्याराग्लाइडिङ टोली मंगलवार पोखराबाट त्यसतर्फ प्रस्थान गरेको छ । 

टोलीलाई नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका केन्द्रीय महासचिव शैलेन्द्र राउत, नेपाल खेलकूद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशब पाठकलगायतले बिदाइ गरेका थिए। प्रथम पटक एशियाली खेलमा समावेश गरिएको प्याराग्लाइडिङ खेलमा सहभागिता जनाउनेमा नेपालबाट पाँच पुरुष र तीन महिला छन् । 

नेपाली प्याराग्लाइडिङ टोलीले इण्डिभिजुअल एक्युरेसी, टिम क्रस कण्ट्री र टिम एक्युरेसीमा महिला÷पुरुष खेलाडीले छुट्टाछुट्टै पदकका लागि प्रतिस्पर्धा गर्नेछ ।

मंगलवार प्रस्थान गर्ने खेलाडीमा विमल अधिकारी, विशाल थापा, सुशील गुरुङ, युकेश गुरुङ, विजय गौतम, त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङ छन् ।

प्याराग्लाइडिङ खेल आगामी भदौ २ देखि १४ गतेसम्म हुँदैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?