एजेन्सी : अमेरिकाले रक्षा सहयोगमा कटौती गरी पाकिस्तानको नयाँ सरकारलाई समस्या थपिदिएको देखिएको छ ।
१ अर्ब अमेरिकी डलर बराबरको रक्षा सहयोगबाट १५ करोड अमेरिकी डलर बराबरको सहयोग कटौती गर्ने अमेरिकाले निर्णय गरेको हो ।
अमेरिकाको सिनेटमा रक्षा खर्च विधेयक पारित भएको हो । सो विधेयकमा पाकिस्तानलाई दिँदै आएको रक्षा सहयोगमा कटौती गर्ने निर्णय गरिएको थियो ।
पाकिस्तानले देशमा आतंकवादी गतिविधि विरूद्ध गर्नुपर्ने कारबाहीका लागि गर्नुपर्ने आवश्यक कार्य नगरेको भनी यो सहयोगमा कटौती गरिएको हो ।
पाकिस्तानको कुल सार्वजनिक ऋण १ खर्ब ९९ अर्ब अमेरिकी डलर बराबर छ । यसमा १ खर्ब ३४ अर्ब आन्तरिक ऋण छ भने बाँकी बाह्य ऋण रहेको छ ।
द नेशनल डिफेन्स अथरिजेशन एक्ट २०१९ले पाकिस्तानले हक्कानी नेटवर्क वा लश्करे तइबा विरूद्ध कुनै कारबाही पाकिस्तानले नगरेको उल्लेख गरेको छ ।
त्यसैले पाकिस्तानलाई दिइने आतंकवाद विरोधी रक्षा सहयोग उपलब्ध गराउनु आवश्यक नरहेको जनाइएको छ ।
यो विधेयक १०का विरूद्ध ८७ जनाले पारित गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेपछि कानुन बन्ने छ ।
११ अगस्टमा २७० सदस्यीय राष्ट्रिय सभाका ११५ सीट जितेर सबैभन्दा ठूलो पार्टीको नेताको रूपमा चुनाव जितेका पूर्व क्रिकेटर इमरान खानले प्रधानमन्त्री पदको सपथ लिने भएका छन् ।
उनका लागि अमेरिकाको यो निर्णय प्रथम गाँसमै ढुंगो परेजस्तो भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया