काठमाडौं, २८ असोज— निर्वाचन आयोगको सहमतिपछि प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राप्रपाका ४ मन्त्री र ४ राज्यमन्त्रीको सपथ भएको छ ।शनिबार राती राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रममार्फत राष्ट्रपति विद्यदेवी भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी हुन् ।राप्रपा अध्यक्ष कमल थापाले उपप्रधानमन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ लिएका छन् । यस्तै दीलनाथ गिरी, विक्रम थापा र जयन्त चन्दले विना विभागिय मन्त्रीको रुपमा सपथ लिएका छन् । यस्तै सुशील श्रेष्ठ, क्रान्ता भट्टराई, कुन्ती शाही र भास्कर भद्राले राज्यमन्त्रीको रुपमा सपथ लिएका छन् ।देउवाले मन्त्रिमण्डल विस्तार गरेको यो छैटौं पटक हो । देउवाले पछिल्ले समय राप्रपाका ८ जनालाई सरकारमा सहभागि गराएसँगै मन्त्रिपरिषद्को संख्या ६४ सदस्सीय बनेको छ ।यसअघि २०५२ सालमा ५२ सदस्सीय मन्त्रिमण्डल बनाएर बद्नामी कमाएका देउवाले २०७४ सालमा आइपुग्दा मन्त्रिमण्डलको आकारमा एकपछि अर्को गरी बढाउँदै आफ्नै रेकर्ड तोड्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया