काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले धुलिखेलमा अवस्थित वल्र्ड वाईड एडभेन्चर प्रा. लि.( धुलिखेल जिपलाइन ) मा आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ ।
सम्झौतामा उल्लेख भए अनुसार लुम्बिनी विकास बैंक लिमिटेडका आफ्ना सम्पूर्ण ग्राहकहरुलाई डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरि धुलिखेल जिपलाइनका विभिन्न जिपलाइन सेवा तथा सुविधाहरु लिए बाफत भुक्तानी गर्दा २० प्रतिशत छुट प्रदान गर्नेछ ।
सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट मुख्य प्रबन्धक दिपक खनाल र वल्र्ड वाईड एडभेन्चर प्रालिको तर्फबाट अध्यक्ष केदार बहादुर थापाले संयुक्त रुपमा हस्ताक्षर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया