जनजीवनलाई सहज बनाउने किसिमको बजेट ल्याउनुपर्नेमा अर्थविद् अधिकारीको जोड

लोकपथ
84
Shares

काठमाडौं । वरिष्ठ अर्थविद् डा.चन्द्रमणि अधिकारीले अत्यावश्यक कार्यक्रमलाई प्राथमिकतामा राखेर नयाँ कार्यक्रम नभएको सानो आकारको बजेट ल्याउनुपर्ने बताए ।

उनले हरेक वस्तुको मूल्य वृद्धि भएर जनताको जीवन कष्टकर रहेकाले कष्टकर जनजीवनलाई सहज बनाउने किसिमको बजेट ल्याउनुपर्ने बताए । डा.अधिकारीले जनताको जनजीवनलाई सहज,विदेशी मुद्राको सञ्चिति बढाउने र बजारमा रहेको तरलता अभावको परिपूर्ति गर्ने गरी तीन कुरा प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउन सुझाव दिए ।

चुनावी सरकार भएकाले राजनीतिक दलहरुले आफ्नो अस्थित्वलाई जोगाएर लोकप्रिय बजेट नभइ फिअर बजेट ल्याउनुपर्ने अधिकारीले बताए । उनले बजेटमा आवश्यकता अनुसार मात्रै खर्चको लागि बजेट विनियोजन गरेर क्षमताको आधारमा कर लगाउने गरी बजेट नीति आवश्यक भएको बताए।

अर्थविद् अधिकारीले आगामी बजेट विगतमा जस्तो सुन्दा रमाइलो लाग्ने तर कार्यान्वयन हुन नसक्ने कार्यक्रमले सरकारप्रति जनताको विश्वास गुम्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?