२० वर्षमा पहिलो पटक चीनमा चालुखाता घाटा

एजेन्सी : यो वर्षको पहिलो अर्धवार्षिकमा चीनले  २८.३ अर्ब अमेरिकी डलर बराबरको चालु खाता घाटा भएको जनाएको छ ।

अमेरिकासँग व्यापार युद्ध लडिरहेका बेला विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनमा यो घाटा २० वर्षयताकै पहिलो पटक देखिएको हो ।

सन् २०१८को जनवरी देखि जुनसम्मको अवधिमा यो चालु खाता घाटा आँकलन गरिएको स्टेट एडमिनिस्ट्रेशन फरेन एक्सचेन्जले जनाएको छ । 

यद्यपि चीनको वस्तु व्यापार बचत पहिलो अर्धवार्षिकमा १५५.९ अर्ब अमेरिकी डलर देखिएको छ ।

गत वर्ष चीनको कुल गार्हस्थ्य उपत्पादन ६.९ प्रतिशतले बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?