पहिलो शुक्रबार सेयर बजारमा रौनकता देखिएन, कारोबार रकम पनि घट्यो

लोकपथ
133
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकममासमेत गिरावट आएको हो ।

सरकारले सातामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि पहिलोपटक शुक्रबार पनि सेयर कारोबार भएको हो । तर पहिलो शुक्रबार सेयर बजारमा रौनकता देखिएन ।

शुक्रबार नेप्से सूचक १५.८२ अंकले घटेर २२३५.०९ बिन्दुमा आएको छ । यस दिन २२३ कम्पनीको २५ लाख २४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आज दिनभर ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँको मात्र सेयर किनबेच भएको छ ।

म्युचुअल फन्डबाहेक बाँकी सबै समूहको सूचक घटेका छन् । यस दिन ४१ कम्पनिकोमात्र सेयरमूल्य बढेको छ भने १३९कम्पनिको सेयरमूल्य बढेको छ । त्यसैगरी 12 कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?