काठमाडौं । एनआइसी एशिया क्यापिटलले चुक्ता पूँजीको ७.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । क्यापिटलले १ करोड ४७ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो ।
कम्पनी सञ्चालक समितिको साउन १८ गते बसेको ४७ औं बैठकले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नको लागि दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो ।
अगामी भदौं १५ गते क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली काठमाडौंमा बिहान ९ बजे साधारणसभा गर्ने कम्पनीले जनाएको छ ।
साधारण सभामा आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन छलफल गरि पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन, २०७५ असार मसान्त सम्मको वासलात र २०७४–७५ को नाफा नोक्सान हिसाव, नगद प्रवाह वितरण गर्ने लगायतका प्रस्तावहरु गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया