प्रशासकीय अदालतसम्बन्धी विधेयक विधायन समितिमा

 

काठमाडौँ ।  राष्ट्रियसभाको आजको बैठकले ‘प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ लाई दफाबार छलफलको लागि विधायन समितिमा पठाएको छ । 

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको सो विधेयकलाई सर्वसम्मतिले समितिमा पठाउने निर्णय गरेको हो । 
यस्तै बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रिपरिषद् विस्तारसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए   ।

राष्ट्रियसभाको अर्को बैठक यही साउन २८ गते सोमबार ११ बजे बस्नेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?