काठमाडौं । राष्ट्रिय खेल भलिबलको लेभल ‘टू’ कोचिङ कोर्समा सहभागि प्रशिक्षकहरु प्रशिक्षणमा ब्यस्त छन् ।
उनीहरुलाई नेदरल्याण्ड्सका एफआईभीका कोर्स डाइरेक्टर लास डे डी जोङ र प्रशिक्षक दामिर कोलोले प्रशिक्षण दिईरहेका छन् ।
नेपालमा स्तरीय प्रशिक्षकहरुको उत्पादन बढाउनका लागि पहिलो पटक लेभल ‘टू’ कोर्स आयोजना गरिएको नेपाल भलिबल संघले जनाएको छ । नेपालमा लेभर ‘टू’ कोर्स पूरा गरेका प्रशिक्षक अहिलेसम्म पाँच जना मात्र छन् ।
कोर्समा नेपालबाट १६, भारतबाट २ र सिरियाबाट १ प्रशिक्षार्थी प्रशिक्षकको सहभागिता छ । कोचिङ कोर्स शुक्रवार सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया