फरार प्रतिवादी खत्री प्रकाउ

ललितपुर । ललितपुर जिल्ला अदालतले एक वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी कुमार खत्रीलाई महानगरीय प्रहरी परिसर तथा अपराध शाखा ललितपुरबाट खटिएको प्रहरी निरीक्षक सहितको टोलीले मंगलबजारबाट पक्राउ गरेको छ । 

उनलाई ललितपुर जिल्ला गोदामचौर बस्ने कुमार खत्रीको नाममा रहेको चेक अनादर मुद्दामा जिल्ला अदालत ललितपुरले एक वर्ष कैद सजाए सुनाएको थियो । 

पक्राउ परेका खत्रीलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत ललितपुर पेस गरिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?