मोदीलाई नोटबन्दीकाे सल्लाह दिने बनाइए आरबीआईका निर्देशक

एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा ५सय र १ हजार दरका पुराना नोट सार्वजनिक प्रचलनबाट हटाउने गरी नोटबन्दीको सल्लाह दिने व्यक्तिलाई केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया(आरबीआई)को निर्देशक पदमा नियुक्त गरेका छन् ।

मोदीले एस गुरूमूर्तिलाई आरबीआईको अंशकालिन निर्देशक नियुक्त गर्न लगाएपछि उनको व्यापक आलोचना भएको देखिएको छ ।

आरबीआईका पूर्व गभर्नर रघुराम राजनको बहिर्गमन पछि प्रतिपक्षी कांग्रेसले केन्द्रीय बैंकलाई स्वतन्त्ररूपले काम गर्न नदिई सरकारले प्रभावित पार्ने गरेको आरोप लगाउँदै आएको थियो ।

गुरूमूर्ति स्वदेशी जागरण मञ्चका सहसंयोजक हुन् । यो मञ्च सत्ताधारी भारतीय जनता पार्टी निकट मानिएको छ ।

यसका साथै सतिश मराठेलाई पनि बोर्डको निर्देशक बनाइएको छ । मराठे बैंकर र एक एनजीओका मालिक हुन् भने गुरूमुत्र्ति चार्टर्ड एकाउन्टेट हुन् ।

गैर भाजपाली नेताहरूले यो नियुक्तिको विरोध गरिरहेका बेला भाजापाली नेताहरू यसलाई उचित बताएका छन् ।

२० निर्देशकमध्ये गुरूमुर्तिलाई स्वतन्त्र निर्देशक बनाइएको उनलीहरूले जनाएका छन् ।

गुरूमूर्ति आरबीआईका पूर्व गभर्नर रघुराम राजनका प्रमुख आलोचक थिए । राजनलाई यसअघिको सरकारका पूर्व वित्तमन्त्री पी चिदम्बरमले गभर्नर बनाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?