एजेन्सी: लुगा धुने र त्यसलाई तह लगाएर राख्ने जस्ता साना साना घरेलु कामबाट मुक्ति पाउन को चाहँदैन र ?
सूचना प्रविधिको विकासमा रोबोटको प्रयोगबाट यस्ता कामबाट पनि मानिसलाई मुक्ति दिन सकिने छलफल र बहस विश्वभर तीव्र भइरहेका छन् ।
लुगालाई तह लगाएर राख्न सक्ने सबैभन्दा पुरानो रोबोट जापानको लान्ड्रायड हो । हालै क्यालिफोर्निया विश्वविद्यालयले यस्तै रोबोट तयार गरेको छ ।
प्रविधिको विकासमा भइरहेका अध्ययनबाट रोबोटले जति ठूला ठूला काम सजिलै साथ गर्छ त्यति साना मसिना काम ढिला र असहजताका साथ गर्ने गरेको पाइएको छ ।
साना काम गर्न रोबोटलाई धेरै समय लाग्ने गरेको छ ।
जापानको रोबोट लान्ड्रायलाई कपडालाई तह गरी राख्न ४ मिनेट लाग्छ । अमेरिकाम बनेको रोबोट रिथिंकले यो काम १५ मिनेटमा गर्न सक्छ ।
यस्ता साना मसिना काम गर्ने रोबोटको सार्वजनिक उपयोगका लागि समय धेरै लाग्ने देखिएको छ ।
हुनत घरेलु काम गर्न यस्ता रोबोटको निर्माण कार्य आफैमा सजिल काम भने थिएन् ।
यसका लागि अनुसन्धानकर्ताहरूलाई लामो समय तय गर्नु परेको हो ।
लुगालाई तह लगाउन सक्ने रोबोट तयार गरेपछि वैज्ञानिकहरू हौसिए ।
घरेलु काम गर्ने रोबोट बनाउन सजिलै होला भनेर उनीहरूले ठानेका थिए होलान् ।
तर घरेलु काम गर्ने रोबोट बनाउन धेरै चुनौतीपूर्ण काम भएको बुझेका छन् ।
मानिसले जुन काम मामुली भएको ठान्छन् त्यो काम रोबोटका लागि धेरै समय लगाउने काम भइजाने गरेकोछ ।
वैज्ञानिकहरूलाई सानो काम रोबोटबाट गराउन ठूलो प्रोग्य्रामिंग गर्नुपर्ने हुन्छ ।
घरमा हामी कसैलाई सहयोग गर्ने काम मामुली ठान्छौं तर त्यो काम रोबोटलाई धेरै चुनौतीपूर्ण काम बन्न पुग्छ ।
लन्डनको भिक्टोरिया एन्ड अल्बर्ट संग्रहालयमा रोबोट प्रदर्शनी लागेको छ ।
यसको नाम ‘द फ्युचर स्टार्ट्स हेयर’ दिइएको छ ।
यसको हेरचाह गर्ने मरियाना पेस्तानाले जनाएअनुसार रोबोटबाट घरेलु काम गराउन पहिला मानिसहरूलाई टेकनलिजका बारेमा बलियो जानकारी र त्यसको प्रयोगबाट पूर्ण परिचित बनाउनुपर्ने आवश्यकता छ ।
मानिसले परेली झिमझिम पारे वित्तिकै गर्ने काम रोबोटलाई १५ मिनेट लाग्छ ।
अर्कोतर्फ बालबालिका रहेको घरमा यो समस्या धेरै हुन सक्छ ।
बालबालिकाले रोबोटलाई यस्तो कमान्ड दिन सक्छ जसलाई बुझ्न रोबोट सक्दै सक्दैन् । अनि त्यो रोबोटले कसरी काम गर्छ ?
एप्पलको सिरी वा अमेजनको इकोको समस्या पनि यस्तै छ । क्यालिफोर्निया विश्वविद्यालयमा रोबोट बनाउने समूहमा सहभागी सिद्धार्थ श्रीवास्तवले घरेलु काम गर्न सक्ने रोबोट बनाउन रोबोटलाई फुर्तिलो बनाउनु आवश्यक भएको बताए ।
उनले भने “ रोबोटले आफू भित्र परिवर्तन गर्न सक्ने प्रविधिको विकास गर्नुपर्ने छ । त्यो भएपछि रोबोटले घरेलु काम सजिलै गर्न सक्छ ।”
सिद्धार्थ र उनको टीमले लुगा राख्ने रोबाट बनाउने बेला यस्तै सोचेका थिए ।
उनीहरूको लागि सबै भन्दा ठूलो चुनौती यो थियो कि रोबोटले कसरी यो कुरा बुझ्ने होला भन्ने थियो ।
रोबोटले उसको मालिकले भनेको कुरो बुझेन भने समस्या उत्पन्न हुन्छ । रोबोटलाई प्रोग्य्रामिंगको माध्यमबाट सबै समस्याको समाधान गर्न सक्ने सक्षमता दिने गरिछ ।
हामीले रोबोटलाई लुगा धोएर राख भन्दा उसले धुने हो ।
तर उसले धोएर राख्दैन् । उसलाई लुगा कहाँ छ , त्यो लिएर धुनुपर्ने जानकारी दिने कमान्ड दिनुपर्ने हुन्छ ।यसरी सानो सानो कुरा रोबोटलाई सिकाउन ठूलो प्रोग्य्रामिंग गर्नुपर्ने हुन्छ । यसले धेरै समय लिन्छ ।
त्यसैले यो मानिसको भन्दा ढिलो हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया