कनकासुन्दरीमा बिरामी बाेकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

लोकपथ
70
Shares

जुम्ला । जुम्लामा एम्बुलेन्स दुर्घटना भएको छ । जिल्लाकाे कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउँदै गरेको एम्बुलेन्स दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स आइतबार बिहान दुर्घटना भएको हाे ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार दुर्घटनामा तीन जना सामान्य घाइते भएका छन् । कनकासुन्दरी ६ निवासी दलविरे ऐडी बिरामी भई सदरमुकाम ल्याइँदै गर्दा दुर्घटना भएको हाे ।

प्रहरी निरीक्षक भट्टका अनुसार एम्बुलेन्स सड्कबाट १५,२० मिटर तल एम्बुलेन्स खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?