विश्व कीर्तिमानी मुल्यमा केपा चेल्सीमा आबद्ध

इंग्ल्याण्ड । स्पेनी गोलरक्षक किपा अरिजाब्लागा विश्व कीर्तिमानी मुल्यमा चेल्सीमा आबद्ध भएका छन् । 

उनलाई  इंग्लिस क्लब चेल्सीले ७१ मिलियन पाउण्डमा क्लबमा भित्राएका हुन । चेल्सीले समर ट्रान्सफरको अन्तिम दिन स्पेनी क्लब एथ्लेटिको बिल्वाओका गोलरक्षक अरिजाब्लागालाई विश्व कीर्तिमानी मुल्यमा क्लबमा सात वर्षका लागि क्लबमा आवद्ध गराएका हुन ।

अरिजाब्लागा चेल्सीमा अनुबन्ध भएसँगै विश्वको सबैभन्दा महंगो गोलरक्षक बन्न सफल भएका हुन । यसअघि गत सिजनको जुलाईमा चेल्सीले स्पेनकै स्ट्राइक अल्भारो मोराटालाई ६० मिलियन पाउण्डमा अनुबन्ध गर्दा क्लब फुटबलमा चर्चा परिचर्चा चलेको थियो ।

सन् २०१६ देखि एथ्लेटिको बिल्वाओमा आवद्ध भएका अरिगाब्लागाले ५३ खेल खेलेका थिए । 

गत जुलाइमा लिभरपुलले ब्राजिलियन गोलरक्षक एलिसन बेकरलाई कीर्तिमानी ६७ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । चेल्सीमा अनुबन्ध भएसँगै कीपाले चेल्सीमा आवद्ध हुन पाउदा खुशी लागेका बताएका छन् । 

‘यो मेरो फुटबल करियर र व्यक्तिगत जीवनको महत्वपुर्ण निर्णय हो । क्लबले म बाट धेरै अपेक्षा गरेको छ । म मेरोतर्फबाट क्लबका लागि सक्दोे मिहेनत गर्नेछु ।’ उनले भने । 

पहिलो रोजाईका बेल्जियन गोलरक्षक थिवाउटट कोर्टुवाले क्लब छाड्ने संकेत गरेपछि इंग्लिस क्लब चेल्सीले स्पेन तथा बिल्वाओका २३ वर्षीय युवा गोलरक्षक अरिजाब्लागालाई विश्व कीर्तिमानी मुल्यमा क्लबमा भित्राएका हुन ।

एथ्लेटिको बिल्वाओमा दुई सिजन बिताएर उच्च प्रदर्शन गरेका अरिजाब्लागाको गत जनवरीमा १७ मिलियन पाउन्ड मात्रै तोकिएको थियो । २० दिनमै केपाले एलिसनको बनाएको रेकर्ड तोडेका छन् । यसअघि ब्राजिलका एलिसन इटालियन क्लब रोमाबाट इंग्लिस क्लब लिभरपुलमा ५३ मिलियन युरोमा अनुबन्ध भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?